गठबन्धन जोगाउने अन्तिम कसरतमा देउवा, पुगे बालुवाटार
काठमाण्डौ । कांग्रेस नेतृत्वको वर्तमान सत्ता गठबन्धन जोगाउने अन्तिम प्रयास सुरु भएको छ । कांग्रेस सभापति शेरबहादुर देउवा पार्टीका उपसभापति तथा उपप्रधानमन्त्री पूर्णबहादुर खड्कालाई लिएर बालुवाटार पुगेका हुन् । प्रधानमन्त्री पुष्पकमल दाहाल(प्रचण्ड)सँग छलफल गर्न देउवा र खड्का केहीबेरअघि बालुवाटार पुगेका स्रोतले जनाएको छ ।

