आयात र निर्यात दुवैमा गिरावट
काठमाण्डौ । आर्थिक वर्ष २०८०/८१ को आठ महिनामा कुल वस्तु निर्यात ४.० प्रतिशतले कमी आएको छ । नेपाल राष्ट्र बैंकको आर्थिक अनुसन्धान विभागले आज सार्वजनिक गरेको देशको वर्तमान आर्थिक तथा वित्तीय स्थिती प्रतिवेदनमा यस्तो देखिएको हो । समिक्षा अवधिमा कुल निर्यात रु.१ खर्ब ६२ करोड कायम भएकाेछ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो निर्यातमा २९.१ प्रतिशतले कमी आएको थियो । गन्तव्यका...

