लाभांशको अजेण्डा पारित गर्दै रिलायबल नेपाल लाइफको एजीएम सम्पन्न,सञ्चालकमा दुईजना निर्विरोध निर्वाचित
काठमाण्डौ । रिलायबल नेपाल लाइफ इन्स्योरेन्स लिमिटेडको वार्षिक साधारण सभा सम्पन्न भएको छ । कम्पनीका अध्यक्ष उदय नेपाली श्रेष्ठको अध्यक्षतामा आज कम्पनीको ७ औँ वार्षिक साधारण सभा सम्पन्न भएको हो । उक्त सभाले सेयरधनीहरुलाई १६ प्रतिशत बोनस सेयर र ०.८४ प्रतिशत नगद लाभांश वितरणको प्रस्ताव पारित गरेको छ ।