सुनको मूल्य घट्यो, चाँदीको भने बढ्यो
काठमाण्डौ । बहुमूल्य पहँलो धातु सुनको मूल्य बढ्ने क्रम रोकिएको छ । बुधबार सुनको मूल्य घटेसँगै सुनको उकालो यात्रामा ब्रेक लागेको हो । आज अघिल्लो दिनको तुलनामा सुन २ हजार १ सय रुपैयाँले सस्तिएको छ । यससँगै सुनको कारोबार आज प्रतितोला २ लाख ४४ हजार ३ सय रुपैयाँमा भईरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

