भगवति हाईड्रोपावरको नाफा र विद्युत बिक्री आम्दानी दुवै बढ्यो, ईपीएस १५.७५ रुपैयाँ
काठमाण्डौ । भगवति हाईड्रोपावर डेभलपमेन्ट कम्पनी लिमिटेडले चालु आर्थिक वर्ष २०८०/८१ को अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गरेको छ । जसअनुसार कम्पनी ६ करोड ३३ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ । यो रकम अघिल्लो आवको सोही अवधिको तुलनामा १०.६८ प्रतिशतले धेरै हो । अघिल्लो आवको तेस्रो त्रैमाससम्म कम्पनीले ५ करोड ७२ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको थियो । कम्पनीले विद्युत...

