आशा लघुवित्तको खुद नाफामा १७% को वृद्धि, कस्तो छ अन्य सूचकको अवस्था ?
काठमाण्डौ । आशा लघुवित्त वित्तीय संस्था लिमिटेडले चालु आवको तेस्रो त्रैमाससम्ममा ३ करोड ८८ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ । यो रकम अघिल्लो आवको सोहि अवधिको तुलनामा १७.४८ प्रतिशतले धेरै हो । अघिल्लो आवको सोहि अवधिसम्म भने संस्थाले ३ करोड ३० लाख रुपैयाँ खुद नाफा आर्जन गरेको थियो । संस्थाले नाफासँगै खुद ब्याज आम्दानी समेत बढाएको छ । । तेस्रो त्रैमाससम्म संस्थाले ३१ करोड...

