आईतवार, असार १,२०८२ 10:38:42
  • आईतवार, असार १,२०८२ 10:38:42
Global IME Bank Limited

बुद्धभुमी नेपाल हाईड्रोपावरले आर्जन गर्‍यो १०.२० लाख खुद नाफा, कति छ ईपीएस ?

Hyundai Nepal
बुद्धभुमी नेपाल हाईड्रोपावरले आर्जन गर्‍यो १०.२० लाख खुद नाफा, कति छ ईपीएस ?
Nabil Bank Limited

काठमाण्डौ ।  बुद्धभुमी नेपाल हाईड्रोपावर कम्पनी लिमिटेडले चालु आर्थिक वर्ष २०८०/८१ को अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गरेको छ । जसअनुसार कम्पनीले १० लाख २० हजार रुपैयाँ खुद नाफा आर्जन गरेको छ । अघिल्लो आवको सोहि अवधिसम्म भने कम्पनी ३४ लाख १६ हजार रुपैयाँ घाटामा थियो ।  

कम्पनीको विद्युत बिक्री आम्दानीमा आएको सुधारका कारण कम्पनीले नाफा आर्जन गर्न सफल भएको हो । कम्पनीले १२ करोड २५ लाख रुपैयाँ खुद विद्युत बिक्री आम्दानी गरेको छ । जुन अघिल्लो आवको तुलनामा १०.०१ प्रतिशतले बढी हो ।  

त्यस्तै कम्पनीले ३२ लाख ४४ हजार रुपैयाँबराबरको अन्य आम्दानी गरेको छ ।  

CG Motors
Sagarmatha Cement
Muktinath Bikas Bank Limited

कम्पनीको कुल खर्च ५ करोड १५ लाख र वित्त खर्च ७ करोड ३० लाख रुपैयाँ रहेको छ । कम्पनीको चुक्तापूँजी ४० करोड रुपैयाँ छ भने रिटेन्ड अर्निङ ४ करोड ८२ लाख रुपैयाँ ऋणात्मक अवस्थामा छ । ९५ करोड २४ लाख रुपैयाँ दीर्घकालिन कर्जा लिएको कम्पनीको कुल चालु सम्पत्ति ४ करोड ९० लाख र कुल चालु दायित्व ९ करोड ३३ लाख रुपैयाँ रहेको छ ।  

समीक्षा अवधिसम्म कम्पनीको प्रतिसेयर आम्दानी(ईपीएस)०.३४ रुपैयाँ, प्रतिसेयर नेटवर्थ ९१.२७ रुपैयाँ,प्रतिसेयर कुल सम्पत्तिको मूल्य ३५२.८० रुपैयाँ, मूल्य आम्दानी अनुपात १ हजार ४११.५३ गुणा र तरलता अनुपात ५२.५६ प्रतिशत कायम भएको छ । 

Nepal Investment Mega Bank Limited
Shivam Cement
Bizshala
Shikhar Insurance
Bizshala

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.