आज बजारबाट ३० अर्ब झिक्दै राष्ट्र बैंक
काठमाण्डौ । नेपाल राष्ट्र बैंकले आज बैंकिङ प्रणालीमा रहेको अधिक तरलता व्यवस्थापनका लागि ३० अर्ब रुपैयाँ झिक्न लागेको छ । केन्द्रीय बैंकले तरलता व्यवस्थापनको अल्पकालिन उपकरण निक्षेप संकलनमार्फत उक्त रकम झिक्न लागेको हो । अनलाइन बिडिङ सिस्टममार्फत आज मध्यान्ह ३ बजेबाट अनलाइन बिडिङमार्फत बोलकबोल गर्न सकिने राष्ट्र बैंकले जनाएको छ ।