निरन्तर बढ्दो डलरको भाउ, आज कुन विदेशी मुद्राको विनिमयदर कति ?
काठमाण्डौ । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर सार्वजनिक गरेको छ । जसअनुसार आज अमेरिकी डलरको भाउ बढेको छ । आज एक अमेरिकी डलरको खरिददर १३८.४६ रुपैयाँ र बिक्रीदर १३९.०६ रुपैयाँ कायम भएको छ । अघिल्लो दिन एक अमेरिकी डलरको खरिददर १३८.०७ रुपैयाँ र बिक्रीदर १३८.६७ रुपैयाँ कायम थियो ।

