आज कुन विदेशी मुद्राको विनिमयदर कति ?
काठमाण्डौ । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर सार्वजनिक गरेको छ । जसअनुसार आज एक अमेरिकी डलरको खरिददर १४१.७४ रुपैयाँ र बिक्रीदर १४२.३४ रुपैयाँ कायम भएको छ । यस्तै, आज एक यूरोको खरिददर १६६.४४ रुपैयाँ र बिक्रीदर १६७.१४ रुपैयाँ निर्धारण भएको छ। एक पाउण्ड स्टर्लिङको खरिददर १९१.०६ रुपैयाँ र बिक्रीदर १९१.८७ रुपैयाँ कायम भएको छ ।

