भन्सार र राजश्व अनुसन्धान कार्यालयसँग सम्बन्धित व्यवसायीका चासो सम्बोधन गर्न आग्रह
काठमाण्डौ । नेपाल समुद्रपार निकासी पैठारी संघले सीमाक्षेत्रका भन्सार कार्यालय र राजश्व अनुसन्धान कार्यालयसँग सम्बन्धित व्यवसायीका चासो र गुनासाहरुको सम्बोधन गर्न सम्बन्धित कार्यालय प्रमुखहरुलाई आग्रह गरेको छ । संघको एक प्रतिनिधि मण्डलले राजश्व अनुसन्धान कार्यालय पथलैया, सुक्खाबन्दरगाह सिर्सिया र वीरगन्ज भन्सार कार्यालयका प्रमुखहरुलाई भेटेर व्यवसायीले वस्तु...