रोक्का राखियो टुक्रे आयोजना, १ खर्ब २० अर्ब रुपैयाँ बचत हुने अपेक्षा
काठमाण्डौ । सरकारले ३ करोड रुपैयाँभन्दा कम लागतका टुक्रे आयोजना रोक्का गर्ने निर्णय गरेको छ। आइतबार बसेको मन्त्रिपरिषद् बैठकले यस्तो निर्णय गरेको हो।त्यसैगरी, ३ करोडभन्दा माथिका तर बैंकमा प्रविष्ट नभएका वा एलएमबीआईएसमा दर्ता भएका आयोजनाहरू, जसलाई पछि बैंकमा राखिएको छ वा राजनीतिक दबाबमा राखिएका छन्, तिनलाई समेत रोक्का राख्ने निर्णय गरिएको छ।

