चुच्चेपाटी भाटभटेनीमा जलेका ६ शव : डीएनए परीक्षणपछि मात्र पहिचान
काठमाण्डौ । राजधानीको चुच्चेपाटीस्थित भाटभटेनी सुपरमार्केटमा आगलागी भएको स्थलमा ६ वटा मानव कंकाल फेला परेको छ। जिल्ला प्रहरी परिसर काठमाडौंका एसएसपी विश्व अधिकारीका अनुसार कंकालहरू जलेको अवस्थामा भेटिएका हुन् र तत्काल पहिचान गर्न नसकिने स्थिति छ।

