बाढीपहिरोको बिपतमा फस्नुभयो ? उद्धारका लागि यी नम्बर फोन गर्नुस्
काठमाण्डौ । निरन्तरको वर्षा र बाढी–पहिरोले प्रभावित जनतालाई सकेसम्म छिटो उद्दार र राहत उपलब्ध गराउने निर्णय सरकारले गरेको छ। प्रभावितहरूले नजिकको स्थानीय प्रशासनसँग सम्पर्क गरी सहयोग माग्न सक्ने व्यवस्था गरिएको गृह मन्त्रालयले जनाएको छ।

