बाढीपहिरोका कारण विभिन्न स्थानमा टेलिकमको सेवाहरु अवरुद्ध, पुनर्स्थापित गर्ने प्रयास जारी
काठमाण्डौ । विगत केही दिनदेखिको अविरल वर्षाका कारण नेपालभरीका विभिन्न स्थानहरुमा आएको बाढी, पहिरो तथा डुबानका कारणले कतिपय स्थानमा नेपाल टेलिकमका सेवाहरु अवरुद्ध हुन गएको छ ।विद्युत आपूर्तिमा रोकावट भई नेपाल टेलिकमका बीटीएस टावरहरु बन्द भएको तथा कतिपय स्थानका ट्रान्समिसन लिङ्कहरु समेत अवरुद्ध भएको टेलिकमले जनाएको छ ।