सिस्नेरी–दक्षिणकाली सडकखण्ड १२ दिनका लागि बन्द
काठमाण्डौ । सिस्नेरी–दक्षिणकाली सडकखण्ड आजदेखि १२ दिनका लागि बन्द गरिएको छ । यो खण्डअन्तर्गत पर्ने दक्षिणकाली–छैमले खण्ड कालोपत्र हुन लागेकाले यातायात सञ्चालनमा असोज १९ गतेसम्म रोक लगाइएको हो ।उक्त सडक बन्द हुँदा सवारीसाधनलाई वैकल्पिक मार्ग कुलेखानी–फाखेल–मातातीर्थ सडकखण्ड, कान्तिलोकपथ सडकखण्ड, त्रिभुवन राजपथ, नारायणगढ–मुग्लिन सडकखण्डबाट सञ्चालन गर्न सकिनेछ ।