जेनजी आन्दोलनमा मृत्यु हुनेको संख्या ५१ पुग्यो, २९९ जना घाइतेको उपचार जारी
काठमाण्डौ । जेनजी आन्दोलनका क्रममा हालसम्म देशभर ५१ जनाको मृत्यु भएको छ । नेपाल प्रहरीले दिएको जानकारी अनुसार मृत्यु भएका १८ जनाको पहिचान अझै हुन सकेको छैन । मृत्यु हुनेमा ३ जना प्रहरी र एकजना भारतीय नागरिक समेत रहेको प्रहरीले जनाएको छ ।

