काठमाण्डौं । वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले बिहीबार गरिएको बजार अनुगमनका क्रममा एक फर्मलाई २० हजार रुपैयाँ जरिबाना गरेको छ ।
काठमाडौं उपत्यकामा गरिएको अनुगमनका क्रममा काठमाडौं महानगरपालिका–१४, कुलेश्वरस्थित साई श्री फुड्स प्रालिलाई उक्त जरिबाना गरिएको विभागले जनाएको छ ।
उपभोक्ता संरक्षण ऐन, २०७५ को दफा ३८ (घ) बमोजिमको कसुरमा सोही ऐनको दफा ३९(१) (क) अनुसार कारबाही गरिएको हो ।
विभागले कुल ५२ वटा फर्म तथा कम्पनीको अनुगमन गरेकोमा ५१ वटा फर्मलाई भने सामान्य निर्देशन दिइएको जनाएको छ ।

