काठमाण्डौं । सरकारले नेफ्स्कुनलगायत सहकारी संघहरूलाई बचत तथा ऋण कारोबार गर्न रोक लगाएको छ ।
सरकारले अध्यादेशमार्फत सहकारी ऐन संशोधन गर्दै यी संघहरूले आगामी तीन वर्षभित्र यस्तो कारोबार पूर्ण रूपमा बन्द गर्नुपर्ने व्यवस्था गरेको हो ।
संशोधित प्रावधानमा भनिएको छ, ‘यस दफामा अन्यत्र जुनसुकै कुरा उल्लेख भएपनि सहकारी संघहरूले बचत तथा ऋणको कारोबार गर्न पाउने छैनन् ।’
तर, अध्यादेश लागू हुँदा पहिले नै बचत तथा ऋणको कारोबार गरिरहेका सहकारी संघहरूले भने उक्त मितिबाट तीन वर्षभित्र त्यस्तो कारोबार बन्द गर्नुपर्ने व्यवस्था गरिएको छ ।

