बक्यौता भुक्तानी नगर्ने थप दुई उद्योगको लाइन काटियो
काठमाण्डौ । नेपाल विद्युत् प्राधिकणले थप २ उद्योगको विद्युत लाइन काटेको छ । प्राधिकरणले बिहिबार डेडिकेटेड तथा ट्रंक लाइन प्रयोग गरेवापतको विद्युत् महसुल बक्यौता नबुझाएका थप २ उद्योगको लाइन काटेको हो । प्राधिकरणले जगदम्बा सिन्थेटिक्स प्रालि र हुसाल स्टिलको लाइन काटेको हो । जगदम्बा सिन्थेटिक्सले १६ करोड रुपैयाँ बढी र हुलास स्टिलले ११ करोड २९ लाख रुपैयाँ बक्यौता भुक्तानी...

