शुक्रबार, असार ६,२०८२ 04:25:47
  • शुक्रबार, असार ६,२०८२ 04:25:47
Global IME Bank Limited

शोधानान्तर स्थिति रु.४.२५ खर्ब बचतमा, चालु खाता कति ?

Hyundai Nepal
शोधानान्तर स्थिति रु.४.२५ खर्ब बचतमा, चालु खाता कति ?
Nabil Bank Limited

काठमाण्डौ । शोधनान्तर स्थिति सवा ४ खर्ब रुपैयाँ बचतमा रहेको छ । नेपाल राष्ट्र बैंकका अनुसार चालु आर्थिक वर्षको ११ महिनासम्ममा शोधनान्तर स्थिति ४ खर्ब २५ अर्ब ६७ करोड रुपैयाँ बचतमा रहेको हो ।  

अघिल्लो वर्षको सोही अवधिमा शोधनान्तर स्थिति २ खर्ब २४ अर्ब ९० करोड रुपैयाँले बचतमा रहेको थियो । यसर्थ गत आवको तुलनामा शोधनान्तर स्थिति ८९।२७ प्रतिशतले बृद्धि भएको छ ।  

त्यस्तै, ११ महिनासम्ममा चालु खाता २ खर्ब ३९ करोड रुपैयाँले बचतमा रहेको छ । गत आवको यसै अवधिसम्म चालु खाता ७९ अर्ब ५३ करोड रुपैयाँ घाटामा रहेको थियो ।  

CG Motors
Muktinath Bikas Bank Limited

समीक्षा अवधिमा पुँजीगत ट्रान्सफर २५.७ प्रतिशतले कमी आई ५ अर्ब ४६ करोड रुपैयाँ कायम भएको छ भने खुद प्रत्यक्ष वैदेशिक लगानी ८ अर्ब १६ करोड रुपैयाँले धनात्मक रहेको छ ।  

अघिल्लो वर्षको सोही अवधिमा पुँजीगत ट्रान्सफर ७ अर्ब ३५ करोड रुपैयाँ कायम भएको थियो भने खुद प्रत्यक्ष वैदेशिक लगानी ४ अर्ब ६५ करोड रुपैयाँले धनात्मक रहेको थियो ।

Nepal Investment Mega Bank Limited
Shivam Cement
Bizshala
Shikhar Insurance
Bizshala

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.