शनिबार, बैशाख २७,२०८२ 10:05:06
IME remit
  • शनिबार, बैशाख २७,२०८२ 10:05:06
निफ्राको स्वतन्त्र सञ्चालकमा दाहाल नियुक्त
STOCK MARKET

निफ्राको स्वतन्त्र सञ्चालकमा दाहाल नियुक्त

काठमाण्डौ । नेपाल इन्फ्रास्ट्रक्चर बैंक (निफ्रा)को स्वतन्त्र सञ्चालकमा महेश प्रसाद दाहाल नियुक्त भएका छन् । बैंकको भदौ २८ गते बसेको सञ्चालक समितिको बैठकले दाहाललाई स्वतन्त्र सञ्चालक नियुक्त गर्ने निर्णय गरेको हो ।  

माण्डु हाईड्रोपावर र २ वटा म्युचुअल फण्डको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन
STOCK MARKET

माण्डु हाईड्रोपावर र २ वटा म्युचुअल फण्डको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन

काठमाण्डौ । माण्डु हाईड्रोपावर लिमिटेड र २ वटा म्युचुअल फण्डको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन रहेको छ। माण्डु हाईड्रोपावरले गत आव २०८०÷८१ का लागि प्रस्ताव गरेको १२ प्रतिशत नगद लाभांश वितरणका लागि भदौ ३१ गते बुक क्लोज गर्दैछ ।  

सर्वसाधारणका लागि नेशनल लघुवित्तको ५३ हजार कित्ता संस्थापक सेयर बिक्रीमा
STOCK MARKET

सर्वसाधारणका लागि नेशनल लघुवित्तको ५३ हजार कित्ता संस्थापक सेयर बिक्रीमा

काठमाण्डौ । नेशनल लघुवित्त वित्तीय संस्था लिमिटेडले ९ जना संस्थापक सेयरधनीको स्वामित्वमा रहेको संस्थापक सेयर बिक्रीमा राखेको छ । संस्थाले कुल ५३ हजार ९१४ कित्ता संस्थापक सेयर आजदेखि बिक्रीमा राखेको हो ।  

सिईडिबि हाईड्रोपावरको लाभांश घोषणा, हकप्रद पनि जारी गर्ने
STOCK MARKET

सिईडिबि हाईड्रोपावरको लाभांश घोषणा, हकप्रद पनि जारी गर्ने

काठमाण्डौ । सिईडिबि हाईड्रोपावर डेभलपमेन्ट कम्पनी लिमिटेडले लाभांश घोषणा गरेको छ । कम्पनीको भदौ २९ गते बसेको सञ्चालक समितिको बैठकले आव २०७९/८० र २०८०/८१ का लागि लाभांश प्रस्ताव गरेको हो ।  उक्त बैठकले सेयरधनीहरुलाई दुई आर्थिक वर्षको लागि चुक्ता पुँजीको ११ प्रतिशत बोनस सेयर (कर बाहेक) जारी गर्ने निर्णय गरेको छ । कम्पनीले लाभांशको विशेष प्रस्ताव पारित गर्न साधारण सभा समेत...

समता घरेलु लघुवित्तको संस्थापक सेयर बिक्रीमा, सर्वसाधारणले आवेदन दिन पाउने
STOCK MARKET

समता घरेलु लघुवित्तको संस्थापक सेयर बिक्रीमा, सर्वसाधारणले आवेदन दिन पाउने

काठमाण्डौ । समता घरेलु लघुवित्त वित्तीय संस्था लिमिटेडले संस्थापक सेयरधनीको स्वामित्वमा रहेको संस्थापक सेयर बिक्रीमा राखेको छ । संस्थाले ५  हजार कित्ता संस्थापक सेयर आजदेखि बिक्रीमा राखेको हो ।  

हरेक कारोबारमा डीपी चार्ज तिर्नुपर्दा लगानीकर्ता वाक्क, खारेजीको माग प्रधानमन्त्री कार्यालयमा
STOCK MARKET

हरेक कारोबारमा डीपी चार्ज तिर्नुपर्दा लगानीकर्ता वाक्क, खारेजीको माग प्रधानमन्त्री कार्यालयमा

काठमाण्डौ । बजारमा क्रियाशील सेयर लगानीकर्ताका चार संगठनले प्रधानमन्त्रीका प्रमुख आर्थिक सल्लाहकारलाई ज्ञापनपत्र बुझाउँदै डीपी चार्ज, व्यक्तिगततर्फ सेयरकर्जाको सीमा खारेजी लगायतका १० बुँदे माग राखेका छन् ।  जनरल इन्भेष्टर एशोसिएसन, नेपाल सेयरधनी संघ, साधारण लगानीकर्ता संघ नेपाल र नेपाल धितोपत्र लगानीकर्ता संघले संयुक्त रुपमा भदौ २८ गते शुक्रबार प्रधानमन्त्रीका...

सबै तहका अदालत र न्यायिक निकायमा टिएमएस चलाउन नपाइने
STOCK MARKET

सबै तहका अदालत र न्यायिक निकायमा टिएमएस चलाउन नपाइने

काठमाण्डौ । कार्यालय समयमा सबै तहका अदालत तथा सरकारका न्यायिक निकायहरुबाट त्यहाँ उपलब्ध स्रोतसाधन प्रयोग गरी सेयर कारोबार गर्ने अनलाइन प्रणाली ट्रेड म्यानेजमेन्ट सिस्टम(टिएमएस) चलाउन बन्देज गरिएको छ । 

अमेरिकी र युरोपेली सेयर बजारमा हरियाली, क्रिप्टोकरेन्सीमा ६ महिनादेखि लगातार गिरावट
STOCK MARKET

अमेरिकी र युरोपेली सेयर बजारमा हरियाली, क्रिप्टोकरेन्सीमा ६ महिनादेखि लगातार गिरावट

काठमाण्डौ । शुक्रबार युरोपियन र अमेरिकी सेयर बजारमा हरियाली छाएको छ । यो समाचार तयार पार्दासम्म डाउजोन २३५ अंकले बढेर ४१ हजार ९७ अंकमा कारोबार भईरहेको छ ।  

साढे १ अर्बको आइपीओ ल्याउँदै लघुबीमा कम्पनी, व्यवसाय कुनको कति ?
STOCK MARKET

साढे १ अर्बको आइपीओ ल्याउँदै लघुबीमा कम्पनी, व्यवसाय कुनको कति ?

काठमाण्डौ । आइपीओ निष्कासनको तयारीमा रहेका लघुबीमा कम्पनीहरुले ८ करोड रुपैयाँ बीमा शुल्क संकलन गरेका छन् । नेपाल बीमा प्राधिकरणका अनुसार चालु आर्थिक वर्षको साउन महिनामा ३ लघु जीवन बीमा र ४ लघु निर्जीवन बीमा कम्पनी गरी ७ वटा लघुबीमकले ८ करोड ८६ लाख रुपैयाँ प्रिमियम संकलन गरेका हुन् ।  लघु जीवन बीमातर्फ ३ करोड ७० लाख रुपैयाँ प्रिमियिम संकलन भएको छ भने निर्जीवनतर्फ ५ करोड १६...

यी हुन् यो साता उच्च आम्दानी गर्ने शीर्ष १० कम्पनी, अधिकांश लो क्याप
STOCK MARKET

यी हुन् यो साता उच्च आम्दानी गर्ने शीर्ष १० कम्पनी, अधिकांश लो क्याप

काठमाण्डौ । यो साता ४ दिन घटेको र १ दिन मात्रै बढेको सेयर बजारमा लगानीकर्ताहरुले २०.७५ प्रतिशतसम्म आर्जन गरेका छन् । यो साता अधिकांश लो क्याप भएका कम्पनीका लगानीकर्ताले सर्वाधिक कमाएका छन् ।   

नेप्सेको चार्टमा बन्यो हेड एण्ड सोल्डर प्याटर्न , कस्तो रहला बजारको आगामी यात्रा ?
STOCK MARKET

नेप्सेको चार्टमा बन्यो हेड एण्ड सोल्डर प्याटर्न , कस्तो रहला बजारको आगामी यात्रा ?

काठमाण्डौ । यो साता सेयर बजारमा ५ दिन कारोबार भयो । ५ दिनको कारोबारमा बजार ४ दिन घट्यो भने १ दिन मात्रै बढ्यो । अघिल्लो साता २७२७.३६ विन्दुमा बन्द भएको बजार यो साता २६८८.५३ विन्दुमा बन्द भयो । यस हिसाबले यो साता सेयर बजार ३८.८३ अंकले बजार घट्यो । अघिल्लो साता पनि बजार २२.२५ अंकले घटेको थियो ।यो साताको ५ कारोबारमा ४१ अर्ब ८२ करोड रुपैयाँबराबरकोे सेयर कारोबार भयो । अघिल्लो साता भने...

ग्लोबल आइएमई ब्यालेन्स्ड फण्ड १ को लाभांश घोषणा
STOCK MARKET

ग्लोबल आइएमई ब्यालेन्स्ड फण्ड १ को लाभांश घोषणा

काठमाण्डौ । ग्लोबल आइएमई ब्यालेन्स्ड फण्ड १ को लाभांश घोषणा गरिएको छ ।  ग्लोबल आइएमई क्यापिटल लिमिटेड योजना व्यवस्थापकको रुपमा सञ्चालित ग्लोबल आइएमई ब्यालेन्स्ड फण्ड १ को गत आर्थिक वर्ष २०८०-८१ को लागि लाभांश घोषणा गरिएको हो ।  

हाथवे इन्भेष्टमेन्टको लाभांश घोषणा
STOCK MARKET

हाथवे इन्भेष्टमेन्टको लाभांश घोषणा

काठमाण्डौ । हाथवे इन्भेष्टमेन्ट कम्पनी लिमिटेडले लाभांश घोषणा गरेको छ । भदौ २७ गते बसेको कम्पनीको सञ्चालक समितिको बैठकले गत आर्थिक वर्षका लागि लाभांशको प्रस्ताव गरेको हो ।  

ओरियण्टल होटल्सको लाभांश घोषणा, साधारण सभा पनि आह्वान
STOCK MARKET

ओरियण्टल होटल्सको लाभांश घोषणा, साधारण सभा पनि आह्वान

काठमाण्डौ । ओरियण्टल होटल्स् लिमिटेडले लाभांश घोषणा गरेको छ । भदौ २७ गते बसेको कम्पनीको सञ्चालक समितिकिो बैठकले गत आवका लागि लाभांश प्रस्ताव गरेको हो ।  बैठकले गत आवका लागि सेयरधनीहरुलाई ५ प्रतिशतका दरले बोनस सेयर र ०.२६३१६ नगद लाभांश(कर प्रयोजनका लागि) बितरण गर्ने निर्णय गरेको छ ।  

मल्टीपर्पस फाइनान्सको १८ हजार कित्ता संस्थापक सेयर बिक्रीमा
STOCK MARKET

मल्टीपर्पस फाइनान्सको १८ हजार कित्ता संस्थापक सेयर बिक्रीमा

काठमाण्डौ । मल्टीपर्पस फाइनान्सले संस्थापक सेयरधनीको स्वामित्वमा रहेको १८ हजार कित्ता संस्थापक सेयर बिक्रीमा राखेको छ । कम्पनीले आजदेखि यो सेयर बिक्रीमा राखेको हो ।  यो सेयर  खरिदका लागि कम्पनीका विद्यमान संस्थापक सेयरधनीहरुले मात्रै खरिद आवेदन दिन पाउनेछन् । सेयर खरिद गर्न चाहने संस्थापक सेयरधनीहरुले सूचना प्रकाशित भएको २५ दिनभित्र आवश्यक कागजातसहित कम्पनी सचिवको...

सूर्यज्योति लाइफको ८.०१ लाख कित्ता संस्थापक सेयर बिक्री गर्दै एनआईसी एशिया बैंक, न्यूनतम मूल्य कति ?
STOCK MARKET

सूर्यज्योति लाइफको ८.०१ लाख कित्ता संस्थापक सेयर बिक्री गर्दै एनआईसी एशिया बैंक, न्यूनतम मूल्य कति ?

काठमाण्डौ । एनआईसी एशिया बैंक लिमिटेडले आफ्नो नाममा रहेको सूर्यज्योति लाइफ इन्स्योरेन्स कम्पनीको संस्थापक सेयर लिलामीमार्फत बिक्रीमा राखेको छ ।  बैंकले कम्पनीको ८ लाख १ हजार ४७३ कित्ता संस्थापक सेयर आजदेखि लिलामीमा राखेको हो ।  सेयर खरिदका लागि विद्यमान संस्थापक सेयरधनीहरुले मात्रै आवेदन दिन सक्नेछन् । सेयरको न्यूनतम बिक्री मूल्य २०८ रुपैयाँ निर्धारण गरिएको छ ।...

इम्पेरियल सेक्युरिटिजको साधारण सभा असोजमा, २५% लाभांश पारित गरिने
STOCK MARKET

इम्पेरियल सेक्युरिटिजको साधारण सभा असोजमा, २५% लाभांश पारित गरिने

काठमाण्डौ । इम्पेरियल सेक्युरिटिज कम्पनी लिमिटेड(स्टक ब्रोकर नम्बर ४५)ले वार्षिक साधारण सभा डाकेको छ । कम्पनीको सञ्चालक समितिको भदौ २७ गते बसेको बैठकले साधारण सभाको मिति, समय र स्थान तय गरेको हो ।  कम्पनीको १७ औं साधारण सभा असोज १८ गते काठमाण्डौको अनामनगरमा रहेको कम्पनीको मुख्य कार्यालयमा दिउँसो ३ बजेदेखि सुरु हुनेछ । सभामा सञ्चालक समितिको प्रस्ताव बमोजिमको २०८१ असार...

प्रभु महालक्ष्मी लाइफको २१.९६ लाख कित्ता संस्थापक सेयर बिक्रीमा, न्यूनतम मूल्य  कति ?
STOCK MARKET

प्रभु महालक्ष्मी लाइफको २१.९६ लाख कित्ता संस्थापक सेयर बिक्रीमा, न्यूनतम मूल्य कति ?

काठमाण्डौ । प्रभु महालक्ष्मी लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले विभिन्न संस्थापक सेयरधनीहरुको स्वामित्वमा रहेको संस्थापक सेयर बिक्रीमा राखेको छ । कम्पनीले आजदेखि २१ लाख ९६ हजार कित्ता संस्थापक सेयर बिक्रीमा राखेको हो ।  कम्पनीका संस्थापक सेयरधनीहरुको लागि बिक्रीमा राखिएको यो सेयर खरिदका लागि सूचना प्रकाशित भएको ३५ दिनभित्र आवेदन दिइसक्नुपर्नेछ । सेयर खरिद गर्न...

लक्ष्मी इक्वीटी फण्ड योजनाको रकम फिर्ता भुक्तानी सुरु
STOCK MARKET

लक्ष्मी इक्वीटी फण्ड योजनाको रकम फिर्ता भुक्तानी सुरु

काठमाण्डौ । लक्ष्मी इक्वीटी फण्डले इकाईधनीलाई रकम फिर्ता भुक्तानी सुरु भएको छ । लक्ष्मी म्युचुअल फण्डअन्तर्गत लक्ष्मी सनराइज क्यापिटल योजना व्यवस्थापक रही सञ्चालित भई गत जेठ २८ गते परिपकव भई खारेजीमा लगिएको नविल इक्वीटी फण्डको रकम फिर्ता भुक्तानी  सुरु भएको हो ।  रकम फिर्ता भुक्तानीका लागि धितोपत्र बोर्डको असार ७ गतेको निर्देशन दिएको थियो ।  

नबिल स्टक डिलरद्वारा साधारण सभा आह्वान, लाभांश पारित मुख्य अजेण्डा
STOCK MARKET

नबिल स्टक डिलरद्वारा साधारण सभा आह्वान, लाभांश पारित मुख्य अजेण्डा

काठमाण्डौ । नबिल स्टक डिलर लिमिटेडले तेस्रो वार्षिक साधारण सभा आह्वान गरेको छ । कम्पनीको भदौ २५ गते बसेको सञ्चालक समितिको ३९ औं बैठकले साधारण सभाको मिति तय गरेको हो ।  उक्त सभा आगामी असोज २० गते काठमाण्डौको तीनधारा दरबारमार्गमा रहेको कम्पनीको रजिष्टर्ड कार्यालयमा बिहान ११ बजेदेखि सुरु हुनेछ । सभामा सञ्चालक समितिबाट प्रस्ताव गरे बमोजिम प्रति सेयर ८ प्रतिशत नगद लाभांश...

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.