सेयर बजार विश्लेषकको रुपमा कसैलाई मान्यता दिइएको छैन,यथार्थ बुझेर लगानी गर्नुः नेप्से
काठमाण्डौ। नेपाल स्टक एक्सचेन्ज (नेप्से) ले सामाजिक सञ्जालका विश्लेषण हेरेर सेयर बजारमा लगानी नगर्न आग्रह गरेको छ । नेप्सेले आज एक सूचना जारी गर्दै यस्तो आग्रह गरेको हो । नेप्सेले नेपालमा हालसम्म कुनैपनि निकायबाट कसैलाई पनि बजार विश्लेषकको रूपमा दर्ता गर्ने वा मान्यता प्रदान गर्ने नगरिएको जनाएको छ ।