बियरिस प्रकृतिको क्याण्डल बनेको बजारको अबको सपोर्ट कति कतिमा ?
काठमाण्डौ । आज नेप्से परिसूचक १७ अंकले घटेर बन्द भएको छ । बजार घट्दा आज ५ अर्ब माथिको कारोबार भएको छ । प्राविधिक रुपमा अहिलेको बजारलाई नियाल्दा केही अल्पकालिन करेक्नस चलेको देखिन्छ । डेली बेसमा बजारलाई नियाल्दा अपर ब्याण्डबाट तल खसेको बजारले हाल मध्य ब्याण्डमा सपोर्ट लिन खोजेको देखिन्छ । म्याक्डीमा भने बजार केही अनिश्चित जस्तो देखिन्छ । आरएआई भने ५७ को तहमा चलेको छ ।...