माथिल्लो मैलुङ खोलाको लक इन अवधि आज समाप्त हुँदै
काठमाण्डौ । माथिल्लो मैलुङ खोला जलविद्युत लिमिटेडको सामूहिक लगानी कोषका लागि छुट्टाइएको सेयरको लक इन अवधि आज(वैशाख २ गते) समाप्त हुने भएको छ । सामूहिक लगानी कोषका लागि छुट्टाइएको कम्पनीको ७५ हजार कित्ता सेयरको लक इन अवधि आज समाप्त हुन लागेको हो ।