४ वर्ष पुरानो लाभांश बुझिलिन नेपाल बैंकको आग्रह
काठमाण्डौ । नेपाल बैंक लिमिटेडले ४ आर्थिक वर्षको पुरानो लाभांस बुझिलिन सेयरधनीहरुलाई आग्रह गरेको छ । बैंकले एक सूचना जारी गर्दै आव २०७५/७६, २०७६/७७, २०७७/७८ र २०७८/७९ को साधारण सभाबाट पारित भएको बोनस तथा नगद लाभांश बुझिलिन आग्रह गरेको हो । उक्त अवधिको लाभांश केहि सेयरधनीहरुले हालसम्म पनि बुझिलिन बाँकी रहेकाले ती सेयरधनीहरुलाई उक्त लाभांश बुझिलिन बैंकले आग्रह गरेको हो...