फिलिपिन्समा ७.४ म्याग्निच्युडको भूकम्पपछि सुनामीको चेतावनी
काठमाण्डौ । फिलिपिन्सका अधिकारीहरूले मिन्डानाओ क्षेत्रमा शुक्रबार बिहान ७.४ म्याग्निच्युडको भूकम्प गएपछि सुनामीको चेतावनी जारी गरेका छन्। अधिकारीहरुका अनुसार फिलिपिन्सको तटीय क्षेत्रमा तीन मिटर (१० फिट) अग्लो सुनामी छाल आउने सम्भावना रहेको छ ।

