रबर्ट कियोसाकीको चुनौती : वारेन बफेटको ‘नक्कली पैसा’ मा विश्वास नगर्नू !
काठमाण्डौ । 'रिच ड्याड पुअर ड्याड' किताबका लेखक रबर्ट कियोसाकी र अरबपति लगानीकर्ता वारेन बफेटबीच क्रिप्टोकरेन्सी बिटक्वाइनको मूल्यांकनमा तीव्र बहस चर्किएको छ। कियोसाकीले बिटक्वाइनलाई 'जनताको धन' को रूपमा प्रशंसा गर्दै यसमा लगानी गर्न आह्वान गरेका छन् भने बफेटले यसलाई 'जुवा' को संज्ञा दिँदै सतर्कता अपनाउन भनेका छन्।

