मंगलवार, जेष्ठ ५,२०८३ 08:21:16
Bizshala
  • मंगलवार, जेष्ठ ५,२०८३ 08:21:16
Bizshala
Hyundai Nepal
Global IME Bank Limited
Bizshala

येनको भाउमा तीव्र उतारचढाव आएसँगै सट्टेबाजीविरुद्ध कडा कदम चाल्ने जापानी प्रधानमन्त्रीको प्रतिबद्धता

Laxmi Sunrise Bank Limited
येनको भाउमा तीव्र उतारचढाव आएसँगै सट्टेबाजीविरुद्ध कडा कदम चाल्ने जापानी प्रधानमन्त्रीको प्रतिबद्धता
Shivam Cement

काठमाण्डौ । जापानकी प्रधानमन्त्री सानाए ताकाइचीले आइतबार सट्टेबाजीजन्य वा असामान्य बजार गतिविधिविरुद्ध सरकार आवश्यक कदम चाल्न तयार रहेको बताएकी छन्। हालै येनको मूल्यमा आएको तीव्र उतारचढावपछि मुद्रा हस्तक्षेपको सम्भावनालाई लिएर बजार सहभागीहरू सतर्क बनेका छन्।

प्रधानमन्त्री ताकाइचीको विस्तारवादी वित्तीय नीतिहरू र जापानको केन्द्रीय बैंकद्वारा ब्याजदर वृद्धिमा देखिएको सुस्त गतिका कारण हालका हप्ताहरूमा जापानी सरकारी ऋणपत्र र येन दुवै दबाबमा परेका छन्। यसले थप ऋण जारी हुने र उच्च मुद्रास्फीति बढ्ने चिन्ता बढाएको छ।

येन अमेरिकी डलरको तुलनामा १६० को मनोवैज्ञानिक स्तर नजिक पुगेर कमजोर बनेपछि, शुक्रबार अचानक बलियो देखिएको थियो। यो परिवर्तन न्युयोर्क फेडरल रिजर्भले ब्याजदरसम्बन्धी ‘रेट चेक’ गरेपछि आएको हो, जसलाई केही व्यापारीहरूले अमेरिका–जापान संयुक्त मुद्रा हस्तक्षेपको सम्भावनासँग जोडेका छन्।

Bizshala
New Office
CG Motors

फुजी टेलिभिजनको एक अन्तर्वार्तामा प्रधानमन्त्री ताकाइचीले बजारको पछिल्लो चालबारे प्रत्यक्ष टिप्पणी गर्न अस्वीकार गर्दै भनिन्, ‘सरकारले सट्टेबाजी वा अत्यन्तै असामान्य बजार गतिविधिविरुद्ध आवश्यक कदम चाल्नेछ।’ कमजोर येनका कारण आयात लागत र समग्र मुद्रास्फीति बढ्दै घरेलु उपभोक्ताको क्रयशक्ति कमजोर बनेको उनको भनाइ थियो।

जीवनयापन लागतको दबाब कम गर्न ताकाइची सरकारले ठूलो खर्च प्याकेज घोषणा गरेको छ। साथै, खाद्य सामग्रीमा लाग्ने ८ प्रतिशत उपभोग कर दुई वर्षका लागि निलम्बन गर्ने प्रतिबद्धता जनाएकी छन्। यस घोषणापछि ऋणपत्रको प्रतिफल बढेको छ, जसले जापानको विशाल सार्वजनिक ऋणको वित्तीय भार थप महँगो बनाएको छ।

Garima Development Bank
Shivam Cement
IME remit

प्रधानमन्त्रीले आगामी अप्रिलबाट सुरु हुने आर्थिक वर्षभित्रै कर निलम्बन लागू गर्ने लक्ष्य राखिएको बताइन्। विस्तारवादी नीतिहरूलाई जनमतबाट वैधता दिलाउन फेब्रुअरी ८ मा आकस्मिक निर्वाचन घोषणा गरेपछि बजारमा अस्थिरता झनै बढेको छ।

विश्व आर्थिक मञ्च (डाभोस( मा अमेरिकी अधिकारी स्कट बेसन्टले जापानी आर्थिक नेतृत्व बजार शान्त पार्ने सन्देश दिन सक्रिय हुने विश्वास व्यक्त गरेका थिए। त्यसपछि ताकाइचीले कर निलम्बनका लागि नयाँ ऋण नजारी पर्याप्त स्रोत जुटाउन सकिने दाबी गर्दै आएकी छन्।

Bizshala
Sagarmatha Cement
Muktinath Bikas Bank Limited
Global IME Bank Limited
Nabil Bank Limited

यो पनि हेर्नुहोस

Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.