‘मेड इन अमेरिका’ अब जापानी नेतृत्वमा : यू.एस. स्टीलको भविष्य के होला?
काठमाण्डौ । जापानको इस्पात उत्पादक कम्पनी निप्पोन स्टील ले अमेरिकाको ऐतिहासिक स्टील उत्पादक कम्पनी यू.एस. स्टील (U.S. Steel) को १०० प्रतिशत स्वामित्व औपचारिक रूपमा अधिग्रहण गरेको छ। १५ अर्ब अमेरिकी डलर बराबरको यो सम्झौता बुधवार अन्तिम चरणमा पुगेको हो।

