काठमाण्डौ । इरानका सर्वोच्च नेता अयातोल्लाह अली खामेनीले इरानले इजरायलसँग कहिल्यै शान्ति नगर्ने बताएका छन्। उनले एक्समा पोष्ट गर्दै यस्तो लेखेका हुन् र
उनले लेखेका छन्, ‘युद्ध सुरु भएको छ ।’
यसअघि अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले सामाजिक सञ्जालमा ‘बिना शर्त आत्मसमर्पण’ गर्न र ‘इरानी सर्वोच्च नेता लुकेर बसेको अभिव्यक्ति दिएका थिए । ट्रम्पको उक्त भनाईपश्चात अयातुल्ला अली खामेनीको यस्तो प्रतिक्रिया आएको हो ।
खामेनीले लेखे, ‘हामीले आतंकवादी जियोनिष्ट शासनलाई कडा जवाफ दिनै पर्छ। हामी जियोनिष्टवादीहरूलाई कुनै दया देखाउने छैनौं।’
जुन १३ मा इजरायलले इरानको परमाणु कार्यक्रमसँग सम्बन्धित लक्ष्यहरूमा आक्रमण गरेको थियो। त्यसयता दुई देशबीच द्वन्द्व जारी छ ।