तेहरानको वायुक्षेत्रमा आफ्नो पूर्ण नियन्त्रण रहेको इजरायलको दाबी
काठमाण्डौ । इजरायलले इरानको राजधानी तेहरानको वायुक्षेत्रमा आफ्नो पूर्ण नियन्त्रण रहेको र एक तिहाइ क्षेप्यास्त्र प्रक्षेपक नष्ट गरेको दाबी गरेको छ । इजरायली सेनाका प्रवक्ताले गत हप्ता गरिएका आक्रमणहरूमा उसले १२० भन्दा बढी इरानी मिसाइल लन्चरहरू नष्ट गरेको दाबी गरेका छन् । जुन इरानको कब्जामा रहेका मिसाइल प्रक्षेपणहरूको कुल संख्याको एक तिहाइ हो।