काठमाण्डौ । अमेरिकाले इरानका तीन आणविक केन्द्रमा आक्रमण गरेको छ । इजरायलले यी आक्रमणमा पूर्ण सहयोग रहेको बताएको छ । इजरायली अधिकारीहरूले इजरायली सार्वजनिक प्रसारक ‘कान’ लाई इरानको आणविक साइटहरूमा अमेरिकी आक्रमणमा पूर्ण सहयोग रहेको बताए।
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले आफ्नो सोसल मिडिया प्लेटफर्म ट्रुथ सोसलमा इरानका तीन आणविक स्थलमा भएको आक्रमणको जानकारी दिएका छन् । उनले लेखेका छन्, ‘हामीले फोर्ड, नातान्ज र इस्फाहान सहित तीन इरानी आणविक साइटहरूमा सफलतापूर्वक आक्रमण गरेका छौं। सबै विमानहरू अब इरानी वायुक्षेत्रबाट बाहिर छन्।’
ट्रम्पले थप लेखेका छन्, ‘फोर्डमा ‘सबै बम’ खसालेका छन् र सबै विमान सुरक्षित रूपमा अमेरिका फर्किरहेका छन् ।’