शनिबार, जेष्ठ २,२०८३ 10:25:47
Bizshala
  • शनिबार, जेष्ठ २,२०८३ 10:25:47
Bizshala
Hyundai Nepal
Global IME Bank Limited
Bizshala

डोनाल्ड ट्रम्पद्वारा इजरायल-इरानमा युद्धविरामको घोषणा, १२ दिने युद्ध समाप्त

Laxmi Sunrise Bank Limited
डोनाल्ड ट्रम्पद्वारा इजरायल-इरानमा युद्धविरामको घोषणा, १२ दिने युद्ध समाप्त
Shivam Cement

काठमाण्डौ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इजरायल र इरानबीच युद्धविराम भएको बताएका छन् । जसका कारण दुई देशबीच १२ दिनदेखि चलिरहेको युद्ध रोकिएको छ । राष्ट्रपति ट्रम्पले सोमबार आफ्नो ट्रुथ सोशलमा एक पोस्टमा इजरायल र इरान युद्धविराम हुनेमा पूर्ण रूपमा सहमत भएको बताएका छन्।

ट्रम्पको घोषणा वा यसको समयको बारेमा इजरायल र इरानबाट तत्काल कुनै प्रतिक्रिया आएको छैन। ट्रम्पले सामाजिक सञ्जाल पोस्टमा मंगलबार मध्यरातबाट २४ घण्टाको चरणबद्ध युद्धविराम सुरु हुने बताएका छन् । यसले दुवै देशलाई आफ्नो अन्तिम मिसन पूरा गर्न ६ घण्टा समय दिनेछ। उनले त्यसबेला इरानले आक्रमण रोक्ने र १२ घण्टापछि इजरायलले पनि आक्रमण रोक्ने बताए । ज्ञद्द घण्टा पछि युद्ध पूर्ण रूपमा समाप्त भएको मानिन्छ।

Bizshala
New Office
CG Motors

डोनाल्ड ट्रम्पको तर्फबाट भनिएको छ, ‘आधिकारिक रूपमा इरानले युद्धविराम सुरु गर्नेछ र १२ औं घण्टामा इजरायलले युद्धविराम सुरु गर्नेछ र २४ औं घण्टामा १२ दिने युद्धको औपचारिक अन्त्य हुनेछ। प्रत्येक युद्धविरामको समयमा अर्को पक्ष शान्तिपूर्ण र सम्मानजनक रहनेछ। म इजरायल र इरान दुवै देशलाई बधाई दिन चाहन्छु ।’

डोनाल्ड ट्रम्पले इरान–इजरायल युद्ध वर्षौंसम्म चल्न सक्ने र सम्पूर्ण पश्चिम एसियालाई ध्वस्त पार्न सक्ने तर त्यसो भएन र कहिल्यै नहोला भन्ने आशा राखेको बताए । ट्रम्पको घोषणा पछि, रिपब्लिकन यूएस हाउसका अध्यक्ष माइक जोनसनले यो वास्तवमा एक उल्लेखनीय उपलब्धि भएको बताए ।  

इरान र इजरायलबीचको लडाई जुन १३ मा सुरु भएको थियो । इरानको आणविक कार्यक्रम अन्त्य गर्ने भन्दै इजरायलले यो आक्रमण गरेको हो । त्यसपछि इरानले पनि इजरायलमा लगातार मिसाइल आक्रमण गरेको थियो ।  

दुई देशबीच विगत १२ दिनदेखि लगातार लडाइँ भएको थियो र यस अवधिमा दुवैतर्फ ठूलो क्षति भएको छ । डोनाल्ड ट्रम्पको दाबी अनुसार अब यो लडाई रोकिने छ । मंगलबार रातिदेखि युद्धविराम सुरु भएको र २४ घण्टामा अर्थात बुधबार रातिसम्म पूर्ण युद्धविराम हुनेछ ।

Garima Development Bank
Shivam Cement
IME remit
Bizshala
Sagarmatha Cement
Muktinath Bikas Bank Limited
Global IME Bank Limited
Nabil Bank Limited
Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.