६१ वर्षिय वैज्ञानिक मेक्सिकोको पहिलो महिला राष्ट्रपतिमा निर्वाचित
काठमाण्डौ । मेक्सिकोले पहिलो महिला राष्ट्रपति पाएको छ । राष्ट्रपतिको दौडको अग्रपंक्तिमा रहेकी क्लाउडिया शेनबाउम ऐतिहासिक जित हासिल गर्दै मेक्सिकोको पहिलो महिला राष्ट्रपति बन्न सफल भएकी हुन् । मेक्सिको सिटीकी ६१ वर्षीय पूर्व मेयरले आइतवारको चुनावमा ५८ देखि ६० प्रतिशत मत हासिल गर्दै आफ्नो मुख्य प्रतिद्वन्द्वी, व्यवसायी महिला छोचिल्ज गाल्भेजलाई पछि पार्दै...

