काठमाण्डौ । भारतीय व्यवसायी अनिल अम्बानीको कम्पनी रिलायन्स एनयु सनटेक ग्रीन इनर्जीले उर्जा क्षेत्रमा ठूलो लगानी गर्ने तयारी गरेको छ । रिलायन्स एनयु सनटेकले सोलार इनर्जी अफ कर्पोरेशन अफ इण्डिया(एसईसीआई)सँग एउटा उर्जा खरिद सम्झौता गरेको छ । यो सम्झौताको अवधि २५ वर्षको हुनेछ । कम्पनीले शुक्रबार यसबारे जानकारी दिएको छ ।
यो सम्झौतामा ९३० मेगावाट सौर्य उर्जा उत्पादन गर्ने विषय समावेश छ । यसका साथै उक्त सम्झौतामा ४६५ मेगावाट÷१ हजार ८६० मेगावाट आवरको ब्याट्री इनर्जी स्टोरेज सिस्टम(बीईएसएस)पनि समावेश छ । कम्पनीले यो एशियाकै सबैभन्दा ठूलो सिंगल लोकेशन सोलार बीईएसएस परियोजना भएको दाबी गरेको छ । यो परियोजना आगामी २४ महिनाभित्र बनिसक्नेछ । यसमा लगभग १० हजार करोड भारुबराबर लगानी गरिने जनाइएको छ । यसका लागि विद्युतको मूल्य प्रतियुनिट ३.५३ भारु निर्धारण गरिएको छ ।
यो सम्झौतालाई भारतको स्वच्छ उर्जाका लागि महत्वपूर्ण विषयको रुपमा हेरिएको छ । यो सम्झौता रणनीतिक रुपमा पनि विशेष रहेको छ । ६३० मेगावाटको क्षमता पुरा गर्नका लागि रिलायन्स एनयु सनटेकले १७ सय एमडब्लूपीभन्दा बढीको सौर्य उर्जा उत्पादन क्षमता लगाउनेछ । यसमा एड्भान्स्ड इनर्जी स्टोरेज पनि समावेश छ । यसले विद्युतको आपूर्ति भरोसायोग्य र ग्रिड पनि स्थिर रहनेछ ।
रिलायन्स पावरले एसईसीआईलाई ३७८ करोड भारुबराबरको पर्फरमेन्स बैंक ग्यारेन्टी पनि दिइसकेको छ ।