मंगलवार, भाद्र २४,२०८२ 01:46:26
  • मंगलवार, भाद्र २४,२०८२ 01:46:26
Global IME Bank Limited

युद्ध अन्त्यका लागि रुसमाथि कडा प्रतिबन्ध लगाउन आवश्यक: जेलेन्स्की

Hyundai Nepal
युद्ध अन्त्यका लागि  रुसमाथि कडा प्रतिबन्ध लगाउन आवश्यक: जेलेन्स्की

काठमाण्डौ । युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले दबाबबिना रुसले युद्ध अन्त्यका लागि वास्तविक कदम नचाल्ने बताएका छन् । उनले रुसमाथि कडा प्रतिबन्ध लगाउन आवश्यक रहेको बताएका छन् ।

‘रुसले पूर्ण युद्धविरामको लागि अमेरिकी प्रस्तावलाई पनि बेवास्ता गरेको आज ५४औं दिन हो। हामी विश्वास गर्छौं कि युद्धविराम कुनै पनि समयमा सम्भव छ, यो आजबाट सुरु हुन सक्छ, र यो कूटनीतिलाई वास्तविक मौका दिन कम्तिमा ३० दिन टिक्नुपर्छ,’ जेलेन्स्कीले एक्समा पोस्ट गरेका छन्।

Shivam Cement
Bizshala
Muktinath Bikas Bank Limited

उनले भने, ‘तीनवटा कुरा आवश्यक छः रुसमाथि कडा प्रतिबन्ध, युक्रेनलाई निरन्तर समर्थन र युरोपभर रक्षा सहयोग बढाउने। रुसले जान्नै पर्छ कि युरोपेलीहरू आफ्नो रक्षा गर्न सक्षम छन्।’

युक्रेनी राष्ट्रपति जेलेन्स्कीले चेक गणतन्त्रका राष्ट्रपति पिटर पावेलसँग आइतबार भेट गरेका थिए । ।

रोयटर्सको रिपोर्टका अनुसार प्रागमा भएको संयुक्त पत्रकार सम्मेलनमा जेलेन्स्कीले युक्रेनका सहयोगीहरूलाई रुसमाथि दबाब दिन आग्रह गरेका थिए ।

यो पनि हेर्नुहोस

IME remit
Bizshala
Shikhar Insurance
Bizshala

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.