लामो वार्तापछि अमेरिका र युक्रेनबीच ऐतिहासिक सम्झौता, अमेरिकालाई बढी फाइदा हुने ट्रम्पको भनाई
काठमाण्डौ । अमेरिकाले युक्रेनसँग प्राकृतिक स्रोत सम्झौतामा हस्ताक्षर गरेको घोषणा गरेको छ । अमेरिकी ट्रेजरी डिपार्टमेन्टले जारी गरेको प्रेस विज्ञप्ति अनुसार दुवै देशले ‘पुनर्निर्माण लगानी कोष’ बनाउन सहमत भएका छन् ।अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले यो सम्झौताबाट अमेरिकालाई ‘बढी’ फाइदा हुने बताएका छन् ।

