एप्पललाई उछिन्दै एनभिडीया बन्यो अमेरिकाको दोस्रो ठूलो कम्पनी, बजार पूँजीकरण ३ ट्रिलियन डलर बढी
काठमाण्डौ । वालस्ट्रिटको चर्चित एआई चिप निर्माता कम्पनी एनभिडीया, अमेरिकी सेयर बजार सूचीकृत दोस्रो ठूलो कम्पनी बनेको छ । कम्पनीले आईफोन निर्माता कम्पनी एप्पललाई उछिन्दै यो उपलब्धि हासिल गरेको हो । एनभिडीयाको बजार पूँजीकरण ३.०१९ ट्रिलियन डलर पुगेको छ । जुन एप्पलको २.९९ ट्रिलियन डलरको तुलनामा केहि मात्रै बढी हो । यससँगै एनभिडीया ३ ट्रिलियन डलर बजार पूँजीकरण भएको तेस्रो...

