लक्ष्मी सनराइज बैंकको ३१.८० लाख कित्ता संस्थापक सेयर बिक्रीमा
काठमाण्डौ । लक्ष्मी सनराइज बैंक लिमिटेडले एकैपटक ३१ लाख कित्ता बढी संस्थापक सेयर बिक्रीमा राखेको छ । बैंकले एक सूचना जारी गर्दै विभिन्न संस्थापक सेयरधनीहरुको स्वामित्वमा रहेको बैंकको ३१ लाख ८० हजार ३९४ कित्ता संस्थापक सेयर बिक्रीमा राखेको हो ।