सोमबार, मंसिर १५,२०८२ 05:58:52
Bizshala
  • सोमबार, मंसिर १५,२०८२ 05:58:52
Bizshala
Global IME Bank Limited

लक्ष्मी सनराइज बैंक र अपर सेती हाइड्रोबीच २० मेगावाटको जलविद्युत योजना निर्माण गर्ने सम्झौता

Hyundai Nepal
लक्ष्मी सनराइज बैंक र अपर सेती हाइड्रोबीच २० मेगावाटको जलविद्युत योजना निर्माण गर्ने सम्झौता
Shivam Cement

काठमाण्डौ । लक्ष्मी सनराइज बैंकले २० मेगावाटको अपर सेती हाईड्रो परियोजनामा लगानी गर्ने भएको छ । यसका लागि बैंकले अपर सेती हाईड्रो प्रालिसँग माघ १२ गते सम्झौता गरेको छ ।  

CG Motors
Garima Development Bank
IME remit

सो आयोजनाको कूल लागत ४.०२ अर्ब रहेको छ । यो सहकार्यले नेपालको नवीकरणीय ऊर्जा परिदृश्यमा महत्वपूर्ण भूमिका खेल्ने बैंकले विश्वास लिएको छ । 

अपर सेती हाइड्रोले २०७८ माघ १७ गते विद्युत विकास विभागबाट आयोजना निर्माणको लागि विद्युत उत्पादनको अनुमतिपत्र प्राप्त गरेको थियो । 

यस्तै २०८० आश्विन १० गते नेपाल विद्युत प्राधिकरणसँग विद्युत खरिद बिक्री सम्झौता समेत गरिसकेकोे छ । सो कम्पनीको प्रवद्र्धकको रुपमा नेपालको प्रतिठित व्यापारिक घराना के.सी. ग्रुप रहेको छ ।

सो परियोजना निमार्णको लागिलक्ष्मी सनराइज बैंक एक्लैले परियोजना लागतको ७५ प्रतिशत लगानी गर्ने प्रतिवद्धता जनाएको छ भने बाँकी २५ प्रतिशत रकम सो कम्पनीका प्रर्वदक/संस्थापकहरुको लगानी रहने छ । लक्ष्मी सन्राइज बैंकको प्रोजेक्ट फाइनान्स (टर्म लोन) प्रतिवद्धता ३.०२ अर्ब रहेको छ । 

२० मेगावाट क्षमताको सो आयोजना निमार्ण पश्चातवार्षिक करिव ११३.५१ गिगावाट आवर इनर्जी विद्युत राष्ट्रिय प्रसारण लाइनमा जडान हुनुको साथै बैंकको विद्यमान १४०० मेगावाट भन्दा बढीकोपोर्टफोलियोमाअझसुदृढ हुँदैलक्ष्मी सन्राइज बैंकको हरित ऊर्जा प्रवद्र्धनप्रतिनिरन्तर प्रतिबद्धतालाई जोड दिनेछ।

 

Laxmi Sunrise Bank Limited
IME remit
Bizshala
Global IME Bank Limited
Nabil Bank Limited
Mahalaxmi Development Bank
Mahalaxmi Development Bank
Bizshala
Shikhar Insurance
Bizshala

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.