काठमाण्डौ । लक्ष्मी सनराइज बैंकले गत आवको चौथो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गरेको छ । जसअनुसार आम्दानी घटेतापनि बैंकको खुद नाफा बढेको छ । ।
बैंकले चौथो त्रैसमासम्ममा ४ अर्ब १६ करोड रुपैयाँबराबरको खुद नाफा आर्जन गरेको छ । यो रकम अघिल्लो आवको तुलनामा ४०.९७ प्रतिशतले बढी हो । अघिल्लो आवमा बैंकले २ अर्ब ९२ करोड रुपैयाँबराबरको खुद नाफा आर्जन गरेको थियो ।
बैंकको खुद ब्याज आम्दानी भने ७.९९ प्रतिशतले घटेर ११ अर्ब ३७ करोड रुपैयाँमा सीमित बनेको छ । बेंकको खुद शुल्क तथा कमिशन आम्दानी भने १ अर्ब ९ड करोड रुपैयाँबाट बढेर २ अर्ब १८ करोड रुपैयाँ पुगेको छ । बैंकको खुद सञ्चालन आम्दानी १३ अर्ब ५० करोड र सञ्चालन मुनाफा ६ अर्ब ९ करोड रुपैयाँ रहेको छ ।
३ अर्ब रुपैयाँबराबरको रिटेन्ड अर्निङ भएको बैंकको रिजर्भमा १८ अर्ब ८ करोड रुपैयाँ रहेको छ । बैंकको निक्षेप संकलन ३ खर्ब २८ अर्ब रुपैयाँबाट बढेर ३ खर्ब ६७ अर्ब रुपैयाँ पुगेको छ। यस्तै बैंकले कर्जा विस्तारलाई पनि २ खर्ब ४७ अर्बबाट बढाएर २ खर्ब ७५ अर्ब रुपैयाँ पुर्याएको छ ।
चौथो त्रैमाससम्म बैंकको वितरणयोग्य मुनाफा ३ अर्ब ५३ लाख रुपैयाँ र लाभांश क्षमता १२.३४ प्रतिशत रहेको छ । अघिल्लो आवमा भने बैंकको वितरणयोग्य मुनाफा १ अर्ब २४ करोड रुपैयाँ र लाभांश क्षमता ५.३६ प्रतिशत थियो । बैंकको खराब कर्जा अनुपात केही घटेको छ । खराब कर्जा अनुपात ४.६३ प्रतिशतबाट घटेर ४.२५ प्रतिशतमा झरेको छ ।
समीक्षा अवधिसम्म बैंकको प्रतिसेयर आम्दानी १६.९१ रुपैयाँ, प्रतिसेयर नेटवर्थ १८६.६३ रुपैयाँ, मूल्य आम्दानी अनुपात १४.१२ गुणा र तरलता अनुपात ३१.३५ प्रतिशत रहेको छ ।