माछापुच्छ्रे बैंकले प्राप्त गर्यो उत्कृष्ट वार्षिक प्रतिवेदन अवार्डमा कास्य पुरस्कार
काठमाण्डौ । माछापुच्छ्रे बैंक लिमिटेडले नेपाल चार्टर्ड एकाउन्टेन्ट्स संस्थाले प्रदान गर्ने राष्ट्रिय उत्कृष्ट बार्षिक प्रतिवेदन अर्वाड पुरस्कार प्राप्त गरेको छ । उक्त पुरस्कार बैंकले तयार पारेको बैंकको वार्षिक प्रतिवेदनमा वित्तीय पारदर्शिता, सुशासन, उत्तरदायित्व तथा सूचना प्रस्तुतीकरणको उच्चस्तरीय अभ्यासको आधारमा प्रदान गरिएको हो ।

