शनिबार, जेष्ठ २,२०८३ 11:27:47
Bizshala
  • शनिबार, जेष्ठ २,२०८३ 11:27:47
Bizshala
Hyundai Nepal
Global IME Bank Limited
Bizshala

एशियन कंक्रिटोले प्रिमियम मूल्यमा आईपीओ ल्याउने, साधारण सभाको मिति तय

Laxmi Sunrise Bank Limited
एशियन कंक्रिटोले प्रिमियम मूल्यमा आईपीओ ल्याउने, साधारण सभाको मिति तय
Shivam Cement

काठमाण्डौ । एशियन कंक्रिटो लिमिटेडले आईपीओ निष्कासनको प्रस्तावसहित साधारण सभा डाकेको छ । मंसिर २४ गते बसेको कम्पनीको सञ्चालक समितिको बैठकले पुस २५ गतेका लागि साधारण सभा डाकेको हो ।  

उक्त सभा नवलपरासी रामग्राममा रहेको कम्पनीको कार्यालयमा दिनको साढे १२ बजेदेखि सुरु हुनेछ । सभामा कम्पनीको नयाँ प्रबन्धपत्र तथा नियमावली बमोजिम सञ्चालक समितिले प्रस्ताव गरे अनुसार सेयर प्रिमियम मूल्यमा सर्वसाधारणको लागि प्रारम्भिक सार्वजनिक निष्कासन(आईपीओ) गर्ने र सोही सार्वजनिक निष्काशनका लागि छुट्याईएको सेयर मध्येबाट धितोपत्र सम्बन्धी प्रचलित नियम कानुनमा तोकिए बमोजिमको प्रतिशतले हुन आउने सेयर सम्बन्धित क्षेत्र तथा समूहलाई सेयर निष्कासन तथा बिक्री गर्ने विशेष प्रस्ताव पारित गरिनेछ ।  

Bizshala
New Office
CG Motors

कम्पनीले सर्वसाधारणको लागि सार्वजनिक निष्कासन गरे पश्चात संशोधित प्रबन्धपत्र तथा नियमावलीमा उल्लेख भए बमोजिम सञ्चालक समितिको संरचना परिवर्तन गर्ने, कम्पनीको प्रबन्धपत्र तथा नियमावलीमा हुनुपर्ने संशोधनहरुलाई समेत अध्यावधिक गरी तयार गरिएको नयाँ प्रबन्धपत्र तथा नियमावलीमा कम्पनी रजिस्ट्रारको कार्यालय लगायत कुनै नियमनकारी निकायबाट संशोधन, परिमार्जन वा थपघट गर्ने निर्देशन वा सुझाव प्राप्त भएमा सोहि बमोजिम गर्न गराउन सञ्चालक समितिलाई अख्तियारी दिने, प्रारम्भिक सार्वजनिक निष्काशनका सम्बन्धमा गर्नुपर्ने कार्यहरु तथा साधारण सभाबाट भएको निर्णयको कार्यान्वयनका लागि आवश्यक कुनै थप निर्णय वा कार्य गर्नका लागि सञ्चालक समितिलाई अख्तियारी प्रदान गर्ने प्रस्ताव समेत पारित गरिनेछ ।  

Garima Development Bank
Shivam Cement
IME remit

यस्तै आव २०८०/८१ को सञ्चालक समितिको वार्षिक प्रतिवेदन ,आव २०८०/८१ को लेखापरीक्षकको प्रतिवेदन, आव २०८१/८२ को लागि लेखापरीक्षकको नियुक्ति तथा पारिश्रमिक निर्धारण, आव २०८०/८१ को सीमा भन्दा बढीको चन्दा अनुमोदन गर्ने, आव २०८०/८१ को चुक्तापूँजी तथा सञ्चित मुनाफाको कूल रकम भन्दा बढी ऋण लिएको सम्बन्धमा र नयाँ सञ्चालक समितिको निर्वाचन गर्ने जस्ता प्रस्तावहरु समेत पारित हुनेछ । 

Bizshala
Sagarmatha Cement
Muktinath Bikas Bank Limited
Global IME Bank Limited
Nabil Bank Limited
Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.