आईतवार, जेष्ठ ३,२०८३ 04:58:12
Bizshala
  • आईतवार, जेष्ठ ३,२०८३ 04:58:12
Bizshala
Hyundai Nepal
Global IME Bank Limited
Bizshala

हिमालय रि–इन्स्योरेन्सको सेयरमा ‘बुलिस क्रसओभर बन्दै’, कतिसम्म पुग्ला मूल्य ?

Laxmi Sunrise Bank Limited
हिमालय रि–इन्स्योरेन्सको सेयरमा ‘बुलिस क्रसओभर बन्दै’, कतिसम्म पुग्ला मूल्य ?
Shivam Cement

काठमाण्डौ । हिमालयन रि–इन्स्योरेन्स कम्पनी नेपालको एक मात्र निजि क्षेत्रबाट प्रवद्र्धित पुनर्बीमा कम्पनी कम्पनी हो । यो कम्पनी अन्तराष्ट्रिय रेटिङ पाउने नेपालको एकमात्रै बीमा कम्पनी हो । यो कम्पनीले एएम वेष्टबाट ‘बी’ प्लस रेटिङ पाएको छ ।  

यो कम्पनीमा गोल्छा ग्रुप, शंकर ग्रुप, इन्फिनिटि होल्डिङलगायतको लगानी रहेको छ । कम्पनीले अन्तराष्ट्रिय बजारसम्म पुग्ने लक्ष्य लिएको छ । यस कम्पनीमा ७० प्रतिशत संस्थापक र ३० प्रतिशत सर्वसाधारण समूहको स्वामित्व रहेको छ ।  

आधारभूत पक्षः  

यस आर्थिक वर्षको पहिलो त्रैमासिक प्रतिवेदन अनुसार कम्पनीको चूक्तापूँजी १० अर्ब ४० करोड रुपैयाँ रहेको छ भने जगेडा कोषमा करिब ५ अर्ब ३४ करोड रुपैयाँ रहेको छ । कम्पनीको खुद मूनाफा २२ करोड ६३ लाख ९६ हजार रुपैयाँ रहेको छ । कम्पनीको ब्ुक भ्यालु १५२.६१ रुपैयाँ रहेको छ भने प्रतिसेयर आम्दानी ८.७१ रुपैंयाँ रहेको छ । कम्पनीको रिर्टन अन इक्विटी ५.७१ प्रतिशत रहेको छ । यो भनेको अघिल्लो आर्थिक वर्षको तुलनामा ३०.२७ प्रतिशतले कम हो ।  

Bizshala
New Office
CG Motors

प्राविधिक पक्षः  

फियर एण्ड ग्रिड 

फियर एण्ड ग्रिड इन्डेक्समा यो कम्पनी हाल वियरिस सेन्टिमेन्टमा चलेको देखिन्छ । यो इन्डेक्समा कम्पनीको मूल्य ० देखि २० मा भए स्ट्रङ वियरिस, २० देखि ४० सम्म वियरिस, ४० देखि ६० सम्म न्यूट्रल , ६० देखि ८० सम्म बुलिस र ८० देखि १०० सम्म स्ट्रङ बुलिस सेन्टिमेन्टमा चलेको बुझिन्छ । हाल यो कम्पनीको सेयर भ्यालु २० देखि ४० को बिचमा चलको कारण वियरिस सेन्टिमेन्टमा चलेको बुझिन्छ । कम्पनीको ५२ साताको उच्च मूल्य १०१९ र  न्यून मूल्य ३४० रुपैयाँ रहेको छ ।  

Garima Development Bank
Shivam Cement
IME remit

बोलिङ्गर ब्याण्ड , म्याक्डी र आरएसआई  

बोलिङ्गर ब्याण्डको आधारमा यो कम्पनी हाल तल्लो ब्याण्डमा चलेको र बिस्तारै माथिको यात्रा तय गर्दै गरेको देखिन्छ । यद्यपी मध्य ब्याण्डलाई ब्रेक गरेको अबस्था भने होइन । म्याक्डीमा केही समय पहिले बनेको वियरिस क्रस ओभर भ्यालिड नै रहेको छ । तर हिस्टोग्राम छोटा–छोटा हुँदै गएका छन् । अर्थात बुलिस क्रसओभर बन्दै गरेको अबस्था रहेको छ । आरएसआईमा यो कम्पनीको सेयरमूल्यमा बुलिस डाइभर्जेन्स देखिन्छ । अर्थात सेयरको मूल्य घट्दै जाँदा आरएसआई ओभर सोल्ड जोन २६ बाट फर्केर ३४ मा पुगेको छ ।  

पिभट् प्वइन्टः  

पिभट विश्लेषणमार्फत सेयर तथा डेरिभेटिभको अधिकतम, न्यूनतम र अन्तिम मूल्यलाई आधार मानी यसको भविष्यमा हुने मूल्यको उतारचढाव निकालिन्छ ।  

बढेमा प्रतिरोध  

प्रतिरोध ३ – ९७८

प्रतिरोध २ – ९४६

प्रतिरोध १–  ९००

पिभट्  प्वइन्टः ८६८

घटेमा सपोर्ट  

सपोर्ट १– ८२३

सपोर्ट २– ७९१

सपोर्ट  ३ –७४५

निष्कर्षः आधारभूत रुपमा यो कम्पनीको अवस्था ठीकै देखिन्छ । कम्पनीको जगेडा कोष बलियो रहेको छ । तर अघिल्लो आर्थिक वर्षको तुलनामा कम्पनीको रिर्टन अन इक्विटी भने ३०.२७ प्रतिशतले घटेको आएको छ । बुक भ्यालु भने ३.६ प्रतिशले बढेको छ । प्राविधिक रुपमा यो कम्पनीको सेयर मूल्यले करिब करेक्सन सकिदैं गरेको संकेत गरेको छ । आरएसआई ओभर सोल्ड जोनबाट फर्केको छ भने म्याक्डीमा बुलिस क्रसओभर बन्दै गरेको देखिन्छ । यस कम्पनीमा लगानीकर्ताको सेन्टिमेन्ट फियर एण्ड ग्रिड इन्डेक्समा भने वियरिस नै रहेको देखिन्छ । कम्पनीको सेयर भाउले आगामी दिनमा माथिको यात्रा तय गरेको खण्डमा पिभट् प्वइन्टको तेस्रो प्रतिरोधसम्म पुग्न सक्छ ।  

नोटः सेयर बजारमा लगानी जोखिमपूर्ण हुन्छ । यो बिश्लेषण कारोबारका लागि सिफारिस भने होइन । 

Bizshala
Sagarmatha Cement
Muktinath Bikas Bank Limited
Global IME Bank Limited
Nabil Bank Limited
Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.