सोमबार, जेष्ठ ४,२०८३ 01:53:57
Bizshala
  • सोमबार, जेष्ठ ४,२०८३ 01:53:57
Bizshala
Hyundai Nepal
Global IME Bank Limited
Bizshala

बोइङको ‘७७७एक्स’को परीक्षण उडान पुनःसुरु

Laxmi Sunrise Bank Limited
बोइङको ‘७७७एक्स’को परीक्षण उडान पुनःसुरु
Shivam Cement

काठमाण्डौ । विमान निर्माता कम्पनी बोइङले लामो समयदेखि रोकिएको वाइडबडी विमान ‘७७७एक्स’को परीक्षण उडान बिहिबारदेखि पुनःसुरु गरेको छ । पहिलो उडानमा इन्जिनमा समस्या देखिएपछि कम्पनीले यो विमानलाई गत अगस्टदेखि ग्राउण्डेड गरेको थियो ।  

कम्पनीले ‘७७७–९’का लागि सर्टिफिकेशन फ्लाइट सुरुवात गरेको पाँच सातापछि ‘७७७एक्स’लाई ग्राउण्डेड गरेको थियो ।

बिहिबारको परीक्षणमा अमेरिकी फेडरल एभिएसनका पदाधिकारीहरु विमानमा नरहेको कम्पनीले जनाएको छ । ‘७७७एक्स’ बोइङको विमान ७७७ को उत्तराधिकारीको रुपमा रहेको छ । बोइङको ७७७ लामो समयदेखि व्यवसायिक रुपमा सफल विमान हो । सुरुवातमा कम्पनीले सन् २०२० देखि कतार एयरवेजलाई ७७७एक्सको पहिलो आपूर्ति गर्ने योजना बनाएको थियो ।  

Bizshala
New Office
CG Motors

तर ७७७–९ को पहिलो डेलिभरी २०२६का लागि धकेलिएको छ । यस्तै सानो आकारको ७७७–८ र फ्राइटर भर्जनको डेलिभरी भने एक दशकपछि धकेलिएको छ ।  

बोइङको ७७७एक्सको ग्राहकहरु,इमिरेट्स,लुफ्त्साना,सिङ्गापुर एयरलाइन्स र क्याथे प्यासेफिक एयरवेज हुन् । बोइङले ७७७एक्सको ४८१ वटा अर्डर पाईसकेको छ । जसमा १७० वटा इमिरेट्सबाट र ६० वटा कतार एयरवेजबाट पाएको छ ।  

Garima Development Bank
Shivam Cement
IME remit

बोइङको ७७७–९ को परीक्षण विमानले बिहिबार बोइङ फिल्डदेखि वासिङटनको मोसेस लेकसम्म रिर्टन उडान गरेको छ ।  

Bizshala
Sagarmatha Cement
Muktinath Bikas Bank Limited
Global IME Bank Limited
Nabil Bank Limited
Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.