बिहीबार, असार १८,२०८३ 12:28:59
Bizshala
  • बिहीबार, असार १८,२०८३ 12:28:59
Bizshala
Hyundai Nepal
Global IME Bank Limited

नेपाल ल्युव आयलले डाक्यो विशेष साधारण सभा, हकप्रद जारी गर्ने विशेष प्रस्ताव

Laxmi Sunrise Bank Limited
नेपाल ल्युव आयलले डाक्यो विशेष साधारण सभा, हकप्रद जारी गर्ने विशेष प्रस्ताव

काठमाण्डौ । नेपाल ल्युव आयल लिमिटेडले विशेष साधारण सभा डाकेको छ । माघ ११ गते बसेको कम्पनीको सञ्चालक समितिको बैठकले यही माघ २९ गते ललितपुरिको पुल्चोकमा रहेको द प्लाजामा बिहान ११ बजेदेखि सभा आयोजना गर्ने निर्णय गरेको हो । 

उक्त सभामा एफपीओ वा हकप्रद मध्ये उपयुक्त माध्यम के हुनसक्छ भनी पुनः पूँजी वृद्धि सम्बन्धि सुझाव कमिटीले राय पेश गर्ने निर्णय भई सो समितीको तर्फबाट ३७८ औं सञ्चालक समितीको बैठकमा अन्तिम सुझाव पेश भई सोमाथि  छलफल भई मिमाघ ११ गते बसेको सञ्चालक समितीको बैठकबाट निर्णय भए बमोजिम यसअघिको एफपीओ निश्कासन गर्ने निर्णय खारेज गरि कम्पनीको हाल कायम रहेको चुक्ता पूँजीको साधारण सेयर संख्याको आधारमा १ः२ अनूपातमा हकप्रद निष्कासन गरि पूँजी वृद्धि गर्ने विषेश प्रस्ताव पारित गरिनेछ ।  

New Office
CG Motors
Garima Development Bank

यस्तै कम्पनीको हाल कायम रहेको साधारण सेयर संख्याको आधारमा १ः२ अनूपातमा हकप्रद सेयर निष्कासन पश्चात् प्राप्त पुँजीको उपयोग गर्ने प्रस्ताव पारित गर्ने, यी प्रस्तावहरु स्विकृत पश्चात सोहिको निमित्त कम्पनीको अधिकृत, जारी तथा चुक्तापूँजी वृद्धि गर्न प्रबन्धपत्र संसोधन गर्ने र कम्पनी रजिष्ट्रारको कार्यालय लगायत अन्य विभिन्न नियामक निकायहरुमा आवश्यक विवरण पेश गरि स्विकृती लिन सक्ने प्रस्ताव पेश गरि पारित गर्ने र कम्पनीले लुव्रिकेन्ट्स बाहेकका अन्य कम्पोनेन्टको व्यापार व्यवसायको निमित्त कम्पनीको पूर्ण स्वामित्वमा २ वटा कम्पनी गठन गर्ने र सोको प्रबन्ध पत्र, नियमावली, सञ्चालक समितीको सदस्य, पदाधिकारी र अधिकृत पूँजी, जारि पूँजी एवंम चूक्ता पूँजी कायम गर्ने प्रस्ताव पारित गरिनेछ ।  

Sagarmatha Cement
Muktinath Bikas Bank Limited

विशेष साधारण सभा प्रयोजनका लागि कम्पनीले माघ २७ देखि २९ गतेसम्म बुक क्लोज गर्ने निर्णय गरेको छ । यसर्थ माघ २६ गतेसम्म नेप्सेमा कारोबार भई कायम भएका सेयरधनीहरु मात्रै कम्पनीको सभामा सहभागी हुन योग्य हुनेछन् । 

Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.