आईतवार, असार ८,२०८२ 11:46:04
  • आईतवार, असार ८,२०८२ 11:46:04
Global IME Bank Limited

नेको इन्स्योरेन्सको सेयरमूल्य समायोजन

Hyundai Nepal
नेको इन्स्योरेन्सको सेयरमूल्य समायोजन
Nabil Bank Limited

काठमाण्डौ । नेको इन्स्योरेन्स कम्पनी लिमिटेडको सेयरमूल्य समायोजन भएको छ । कम्पनीले निष्कासन गर्न लागेको हकप्रद सेयरका लागि सेयरमूल्य समायोजन भएको हो ।  

नेप्सेमा भएको समायोजनपश्चात कम्पनीको सेयरमूल्य प्रतिकित्ता ७७१.१२ रुपैयाँ कायम भएको छ । समायोजअघि कम्पनीको सेयरमूल्य प्रतिकित्ता ९३८.९० रुपैयाँ कायम थियो । आगामी कारोबारदेखि नयाँ समायोजित मूल्यका आधारमा कम्पनीको सेयर दोस्रो बजारमा कारोबारमा आउनेछ ।  

CG Motors
Muktinath Bikas Bank Limited

कम्पनीले २५ प्रतिशत अर्थात १ः०.२५ अनुपातमा हकप्रद निष्कासन गर्नेछ । यसका लागि कम्पनीले नेपाल धितोपत्र बोर्डबाट पुस ९ गते अनुमति पाईसकेको छ ।  

कम्पनीले हकप्रद निष्कासन प्रयोजनका लागि माघ १८ गते एक दिनका लागि बुक क्लोज गर्दैछ । माघ १६ र १७ गते सार्वजनिक बिदा परेकाले सेयर कारोबार हुनेछैन । यसर्थ माघ १५ गतेसम्म नेप्सेमा कारोबार भई कायम भएका सेयरधनीहरु मात्रै कम्पनीद्वारा जारी गरिने हकप्रदमा खरिद आवेदन दिन योग्य हुनेछन् ।

कम्पनीले अब ५० करोड ३० लाख ९० हजार १५५ रुपैयाँबराबरको रु १०० अंकित दरका ५० लाख ३० हजार ९०१.५५ कित्ता हकप्रद सेयर निष्कासन गर्नेछ ।  

कम्पनीको हकप्रद निष्कासन तथा बिक्री प्रबन्धकको रुपमा सानिमा क्यापिटल लिमिटेड रहेको छ ।  

Nepal Investment Mega Bank Limited
Shivam Cement
Bizshala
Shikhar Insurance
Bizshala

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.