बिहीबार, असार १८,२०८३ 12:26:25
Bizshala
  • बिहीबार, असार १८,२०८३ 12:26:25
Bizshala
Hyundai Nepal
Global IME Bank Limited

आइएमई पे ले ल्यायो,‘स्मार्ट हेल्थ–सुरक्षित भव ’नामक डिजिटल बीमा सुविधा,३६५ रुपैयाँमै पाउन सकिन्छ यस्ता लाभ

Laxmi Sunrise Bank Limited
आइएमई पे ले ल्यायो,‘स्मार्ट हेल्थ–सुरक्षित भव ’नामक डिजिटल बीमा सुविधा,३६५ रुपैयाँमै पाउन सकिन्छ यस्ता लाभ

काठमाण्डौ।आइएमई पेले आइजीआई प्रुडेन्शियल इन्स्योरेन्ससँगको सहकार्यमा ‘स्मार्ट हेल्थ–सुरक्षित भव’ नामक नयाँ बीमा सुबिधा सार्वजनिक गरेको छ । 

आइएमई पे मार्फत प्राप्त गर्न सकिने यो सेवाबाट ग्राहकले व्यक्तिगत दुर्घटना बिमा अन्तर्गत बीमित व्यक्ति र तिनका परिवारलाई आकस्मिक चोटपटक वा मृत्यु सम्मको अवस्थामा उच्चतम आर्थिक सुरक्षा प्रदान गर्ने कम्पनीले जनाएको छ ।  

New Office
CG Motors
Garima Development Bank

यो सेवा ३ सय ६५  रुपैयाँमै प्राप्त गर्न सकिने र यसमार्फत उपचारको क्रममा लाग्ने २ लाख ३० हजार रुपैयाँ सम्मको बीमा दाबी प्राप्त गर्न सक्नुका साथै बीमित व्यक्तिले आइएमई पे एपमा उपलब्ध अन्य स्वास्थ्य सेवामा पनि बिभिन्न छुटहरू प्राप्त गर्न सक्ने कम्पनीले उल्लेख गरेको छ ।  

यस व्यक्तिगत दुर्घटना बीमाले दुर्घटनाबाट हुने आकस्मिक मृत्यु, स्थायी असक्षमता, कुल आंशिक असक्षमता,  नियमित आम्दानीमा हुने हानि, आकस्मिक चिकित्सा खर्च, शोक व्यय तथा  अन्त्येष्टि खर्चहरू समेत समेटेको छ  ।

डिजिटल फाइनान्सियल सर्भिस मार्फत बीमाको दायरालाई थप फराकिलो बनाउन सकिने र यो सेवा उक्त कार्यमा एउटा कोसे ढुंगा साबित हुने विश्वास लिएको आइएमई पेका प्रमुख कार्यकारी अधिकृत प्रविण रेग्मीले बताए ।  

Sagarmatha Cement
Muktinath Bikas Bank Limited
Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.