आईतवार, असार १,२०८२ 11:07:19
  • आईतवार, असार १,२०८२ 11:07:19
Global IME Bank Limited

आरएसडिसी लघुवित्तद्वारा ‘लघुवित्तको सफलताका लागि कर्मचारी सशक्तिकरण’ विषयक तालिम सम्पन्न

Hyundai Nepal
आरएसडिसी लघुवित्तद्वारा ‘लघुवित्तको सफलताका लागि कर्मचारी सशक्तिकरण’ विषयक तालिम सम्पन्न
Nabil Bank Limited

काठमाण्डौ । आरएसडिसी लघुवित्त वित्तीय संस्था लिमिटेडले १ दिने ‘लघुवित्त वित्तीय संस्थाको सफलताका लागि कर्मचारी सशक्तिकरण’ विषयक तालिम आयोजना गरेको छ ।

संस्थाले आफ्ना साझेदार लघुवित्त वित्तीय संस्थाका शाखा प्रमुख र कर्जा लगानी तथा असुली विभाग अन्तर्गत कार्यरत कर्मचारीहरुको क्षमता अभिवृद्धि गर्ने उद्देश्यले ग्राहक संरक्षण कोष अन्तर्गत उक्त तालिम आयोजना गरेको हो ।

CG Motors
Sagarmatha Cement
Muktinath Bikas Bank Limited

उक्त तालिम बुटवल स्थित सिद्धार्थ कटेजमा आयोजना गरिएको संस्थाले जनाएको छ । संस्थाका प्रमुख कार्यकारी अधिकृत ध्रुव कुमार पौडेलद्वारा प्रशिक्षित उक्त तालिम लघुवित्तको वर्तमान अवस्था र चुनौतीको सामना, असल ग्राहक सम्बन्ध र कर्जा व्यवस्थापन, कर्मचारी उत्प्रेरणा, नेतृत्व विकास र बैंकिङ्ग कसुर र परिणामको विषयमा केन्द्रित रहेको थियो ।

आरएसडिसी लघुवित्त वित्तीय संस्थाले ग्राहक संरक्षण कोष अन्तर्गत विगत देखि नै आफ्ना साझेदार संस्थाका कर्मचारी तथा पदाधिकारीहरुलाई लक्षित गरी विभिन्न किसिमका तालिम कार्यक्रमहरु आयोजना गर्दै आईरहेको छ र भविष्यमा समेत यस प्रकारका क्षमता अभिवृद्धि कार्यक्रमहरु आयोजना गर्ने जनाएको छ ।

Nepal Investment Mega Bank Limited
Shivam Cement
Bizshala
Shikhar Insurance
Bizshala

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.